Friday, 23 December 2016

आजको राशिफल : विक्रसम्वत २०७३ साल पौष ९ गते शनिवार

आजको राशिफल : विक्रसम्वत २०७३ साल पौष ९ गते शनिवार नेपाल सम्बत ११३७ थिँल्लागा,सन् २०१६ डिसेम्बर २४ तारिक कृष्णपक्ष एकादशी तिथि

मेषः– समयले पूर्ण साथ दिनेट । आज गरेका पचहत्तर प्रतिशत काम सम्पादन हुने योग छ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

वृषः– प्रशस्त मात्रामा मेहनत गर्नु पर्नेछ काम सम्पन्न गर्नलाई । आफ्नो कामको जिम्मा अरुलाई नदिनु होला धोका हुनसक्छ । व्यापार व्यवसायमा सम्भावना प्रशस्त देखिन्छ ।

मिथुनः–आशंकाको भरमा काम नगर्नु होला । समयमा निर्णय लिन नसके आफुले लिने ठाँउ अरुले लिने छन् ।गरेका कामबाट स्वल्प लाभ हुनेछ । व्यापार मन्द रहने देखिन्छ ।

कर्कटः–आनन्द सँग बस्दा धेरै अवसर गुम्न सक्छ । अरुको काम गरेर जश कमै मिल्नेछ । विलासितामा मन जानेछ । पारिवारिक खर्चमा तिव्रता आउनेछ । आलोचना बढ्न सक्छ ।

सिंहः– भावावेगमा नआई काम गर्नु होला आज गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफुमा भएको क्षमताको पूर्ण सदुपयोग गर्नु होला ।

कन्याः– घर डेराको समस्या देखिन सक्छ । प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । आर्थिक कारोवारमा सचेत हुनु होला । व्यापार व्यवसाय मन्द गति अगाडि बढ्ने छन् ।

तुलाः–शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको योग पनि देखिन्छ । आफुले मन पराउने बस्तु प्राप्त हुने योगछ । गरेका अधिकाँश काम सफल हुनेछन् ।


वृश्चिकः– अरुको भरमा काम नगर्नु होला विश्वास घात हुनसक्छ । अनावस्यक काम बढि हुनसक्छन् । आम्दानीका काममा अवरोध आउनेछ । जोखिमपूर्ण काममा हात नहाल्नु होला ।


धनुः– आम्दानीका दृष्टिकोणले दिन राम्रै रहेको छ । लेनदेनमा सुधार आउनेछ । व्यापार व्यवसायमा प्रगतिको सम्भावना राम्रै देखिन्छ । पराक्रम बढ्नेछ । सहयोग मिल्नेछ ।


मकरः– सामान्यतया दिन अनुकुल देखिन्छ । सामाजिक काम काजमा अभिरुची बढनेछ । राजनीति,नोकरी र वैदेशिक कार्यबाट सोचे जस्तो लाभ हुनेछैन । आत्म विश्वास बढ्नेछ ।

कुम्भः– मानसिक तनावमा कमि आए पनि दिन सोचे जस्तो देखिन्न । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सतर्क भएर काम गर्नु होला । धार्मिक यात्राको सम्भावना देखिन्छ ।

मिनः– हेलचक्र्याई गरेर काम नगर्नु होला । जोखिम पूर्ण काममा पनि हात नहाल्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । मानसिक तनाव बढ्नेछ । व्यापार घट्नेछ ।

जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।